###
|
|

काठमाडौं, भदौ २८ – नेपालबाट मधेशलाई अलग्याएर नयाँ देश बनाउनुपर्छ भनेर अभियान चलाउने सिके राउत पक्राउ परेका छन् । मोरंगबाट राउतलाई पक्राउ परेको नेपाल प्रहरीका पूर्वाञ्चल प्रमुख नवराज सिलवालले रातोपाटीलाई बताए ।
यता, मनावअधिकारवादी संस्था थर्ड एलायन्सले राउतलाई मोरंगको रंगेलीबाट पक्राउ गरेको बताएको छ । करिब १२ जना प्रहरीले उनलाई एक कार्यक्रमबाट भाग लिएर फर्कने क्रममा पक्राउ गरको संस्थाले जनाएको छ । यसरी आम नागरिकलाई पक्राउ गरेकोमा संस्थाले गम्भिर आपत्ति जनाएको छ । उता, प्रहरीले भने मधेशको अलग्गै झण्डा, अलग्गै राष्ट्रिय गान लगायत तयार गरेर पृथकतावादी अभियान चलाउँदै राउतले देशविरोधी अभियान चलाएको अभियोगमा राउनलाई पक्राउ गरेको बताएको छ । अमेरिकाबाट वैज्ञानिकको जागिर छाडेर नेपाल छिरेका हुन् सिके राउत ।
##
|
|
0 comments:
...