### |
काठमाडौं, असोज २१ – यहि असोज २२ गते खग्रास चन्द्रग्रहण लागे पनि यो ग्रहण नेपालमा भने खण्डग्रास मात्र देखिने खगोलविदले बताएका छन् । वाल्मीकि क्याम्पसका बरिष्ट खगोलविद् जयन्त आचार्यका अनुसार उत्तर अमेरिका हवाई टापुबाट सूयोदय हुनुभन्दा पहिले खग्रास चन्द्रग्रहण देखिने छ भने नेपाल भारत, पाकिस्तान, आदि देशहरुबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिनेछ ।
यो चन्द्रग्रहण टेलीस्कोपको माध्यमबाट हेर्न चाहने सम्पूर्ण इच्छुक व्यक्तित्वहरुलाई तक्षशिला एष्ट्रनोमी क्लबले सामाखुशी स्थित तक्षशिलाकलेजको छतबाट निःशुल्क रुपमा हेर्नसक्ने व्यवस्था मिलाएको छ ।
साधारणतया सूर्यग्रहणको तुलनामा चन्द्रग्रहण धेरै भएको जस्तो देखिन्छ तर पनि वास्तवमा सूर्यग्रहणको संख्या चन्द्रग्रहणको भन्दा धेरै हुने गर्दछ अर्थात् एकवर्षमा सवैभन्दा बढी तीनवटा चन्द्रग्रहण भयो भने चारवटा सम्म सूर्यग्रहण हुनसक्दछ अर्थात् सूर्यग्रहण र चन्द्रग्रहणको अधिकतम अनुपात चार र तीनको हुने गर्दछ ।
पृथ्वीको आधा भागमा रहेका मानिसहरुले एकैपटक चन्द्रग्रहण लागेको दख्न सक्छन् भने सूर्यग्रहणको दृश्य पृथ्वीका केवल सय माइलभन्दा कम चौडाइ र तीनहजार माइल लम्बाईमा बस्ने मानिसहरुले मात्र देख्न सक्दछन् । त्यसैले पृथ्वीका मानिसहरुले चन्द्रग्रहण धेरै भएको जस्तो अनुभव गर्दछन् वास्तवमा त्यो सत्य होइन ।
ग्रहणको अवधि चन्द्रमा पृथ्वी र सूर्यको दूरीमा निर्भर गर्ने गर्दछ । परन्तु सर्वसूर्यग्रहण अधिकतम आठ मिनेटसम्म लाग्नसक्दछ भने सर्वचन्द्रग्रहण दुईघण्टा भन्दा केहि कम समयसम्म लाग्न सक्दछ भने खण्ड र सर्वग्रास ग्रहण गरेर चन्द्रग्रहणको अवधि ३ घण्टा ४८ मिनेट सम्म पनि हुन सक्दछ । यो समय मध्यममानले बताईएको हो, सूक्ष्म गणित गरी ग्रहणको समय सीमा निर्धारण गर्ने गरिन्छ जसमा केहि फरक हुन सक्दछ ।
यस बर्षको पहिलो चन्द्रग्रहण असोज २२ गते लाग्ने चन्द्रग्रहण नै हो र एक्काइसौ शताब्दिमा जम्मा पचासी वटा चन्द्रग्रहणहरु पर्ने देखिन्छन् भने सन् २०१८ जुलाइ २७ मा हुने खग्रास चन्द्रग्रहण सबैभन्दालामो हुनेछ ।
सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणहरुलाई हाम्रो आखा भित्र पस्न नदिन विभिन्न खालका सावधानीहरु अपनाउनु पर्ने हुन्छ भने चन्द्रग्रहण जो कोहिले पनि नाङ्गो आखाले सजिलै हेर्न सक्छन् । चन्द्रग्रहण टेलीस्कोप, वाइनाकुलर, क्यामरा वा अरुकुनै सामाग्रीले हेर्दा केहि असर गर्दैन चन्द्रग्रहणमा कुनै त्यस्ता आँखालाई हानी नोक्सानी पुर्याउने खालका किरणहरु आएका हुदैनन् ।
यो ग्रहण नेपालको काठमाण्डौमा असोज बाइस गते साझ चन्द्रमाको उदय ५:४० मिनेटमा हुनेछ तथा त्यस बेलामा ग्रहणलागेको हुनेछ भने ६ः२० बजे ग्रहण समाप्त हुने छ । नेपाली पात्राहरुमा ग्रहणको गणना आफैले नगरी भारतीयहरुले जुन समय गणनागरी राखेका छन् त्यसैलाइ सुटुक्क चोरी लेखेको देखिन्छ । नेपालमा गणनागर्न जान्ने मानिसहरु नभएकात होइनन् तथापि पञ्चाङ्गगणकहरुले ग्रहण गणना गर्ने गरेको पाइदैन । सायद पञ्चाङ्गगणकहरु र पञ्चाङ्गनिर्णायककर्ताहरु को चयन गर्दा योग्यताको आधारमा नभइ पउचको आधारमा नियुक्त हुने परम्परा भएकाले यस्तो हुन पुगेको हुनसक्छ । तीनै पात्राबनाउनेहरुका अनुसार यही असोज बाइस गते साझ लाग्ने चन्द्रग्रहण मेष, सिंह, कन्या, वृश्चिक, धनु,कुम्भ र मीन राशि भएका मानिसहरुले हेर्न नहुने बताइएको छ भने बुष मिथुन, तुला, मकर, राशिभएका मानिसहरुले हेर्न हुने वताएको पाइन्छ ।
ग्रहण सम्बन्धी तत्थ्यहरु
यस बर्षको पहिलो चन्द्रग्रहण यो नै हो र एक्काइसौ शताव्दिमा जम्मा पचासी वटा चन्द्रग्रहणहरु पर्ने देखिन्छन् ।
नेपालमा चन्द्रग्रहण साझ ५:४० बाट मात्र देखिन्छ ।
ग्रहणको समाप्ति साझ ६:२० मा हुनेछ
यो ग्रहणलागेको दृश्य नेपाल, भारत, चीन, पाकिस्तान, आदिमुलुकहरुबाट चन्द्रमा उदाउदा देख्न सकिन्छ ।
यसै नाङ्गो आखाले जो कोहिले पनि हेर्नहुने
धर्मशास्त्रलाई मान्नेहो भने बुष मिथुन, तुला, मकर, राशिभएका मानिसहरुले मात्र हेर्नहुने वताएको पाइन्छ ।

## |
0 comments:
...