Headlines News :
Home » » बिहे गरेकोमा पछुतो मान्छन् एक तिहाइ मानिस

बिहे गरेकोमा पछुतो मान्छन् एक तिहाइ मानिस

###
 बिह गरेँ हतारै हतारमा फुर्सदैमा लाग्छ पछुतो भन्ने उखानै छ । हतारमा बिहे गरेर फुर्सदमा पछुताउने महिला पुरुषको संख्या धेरै हुन्छ ।

 कतिले जोसमा त कतिले बाध्यतामै बिहे गर्छन् र बिहे पनि आफ्नो जिवनसाथी देखेर वाक्क हुन्छन् । जसका कारण वैवाहिक जिवन तहस नहस बन्न थाल्छ ।

बेलायतमा गरिएको एक अध्ययनले १ तिहाइ भन्दा बढि मानिसहरु आफ्नो वैवाहिक जिवनप्रति सन्तुष्ट छैनन् अर्थात् उनीहरुलाई आफुले गलत मानिससँग बिहे गरेँ भन्ने लाग्छ ।

१५ सय जना विवाहित बेलायतीमा गरिएको सर्भेक्षण अनुसार ३४ प्रतिशतले विवाहपछि आफ्नो विवाह गर्ने निर्णयमाथि नै प्रश्न उठाउने गरेका छन् र आफुले गलत मानिससँग बिहे गरेको अनुभुति गर्ने गरेका छन् ।
तर जिवनसाथी चित्त नबुझेपनि धेरैलाई सम्बन्ध टुटाइहाल्न भने मन पर्दो रहेनछ । ६३ प्रतिशतले भने आफुले आफ्नो जिवनसाथीलाई कहिल्यैपनि धोका नदिएको र जिवनसाथीप्रति सधै इमान्दार बनेको बताएका छन् ।
त्यस्तै ६० प्रतिशतले आफ्नो जिवनसाथीले आफुलाई झुक्याएर अरु कुनै दोश्रो मानिससँग रोमान्स गरेको थाहा पाएपनि आफुले वैवाहिक जिवन नटुंगाउने बताए ।

अध्ययन अनुसार पछिल्लो पुस्तामा धोकाधडीको क्रम बढ्दै गएको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar