Headlines News :
Home » » अमिर खान कपिलवस्तुमा के के गर्दैछन्?

अमिर खान कपिलवस्तुमा के के गर्दैछन्?

###
कपिलवस्तु— बलिउड स्टार अभिनेता अमिर खान बुधवार कपिलवस्तु आउने निश्चित भएको छ। युनिसेफकाले जिल्लाको पकडी स्वास्थ्य चौकीमा पोषण सम्बन्धी राखेको कार्यक्रममा सहभागी हुनेछन्।

युनिसेफको पोषण सम्बन्धी कार्यक्रमको सद्भाव दूत रहेका आमिरले कुपोषणबिरुद्धको अभियानमा अभिप्रेरणा जगाउनका लागि त्यहाँ आउने कार्यक्रम तय भएको युनिसेफ स्रोतले जनाएको छ। मंगलवार काठमाडौं आइपुगेका उनी राजधानीको होटल द्वारिकाजमा बसेका छन्। बुधवार बिहान विशेष विमानबाट भैरहवा हुँदै उनी पडकी आउने छन्।

पकडीमा बिहान ८ बजेदेखि ९ बजेसम्म हुने कार्यक्रममा उनले सहभागिता जनाउने छन्। अतिकुपोषित जिल्लाको सूचिमा रहेको तथा बाल विकास अभियान समेत सञ्चालित जिल्लामा उनले त्यस इलाकाका महिला स्वंमसेविका, स्वास्थ्यकर्मी र समुदायसँग छुट्टा छुट्टै भेटघाट र छलफल गर्ने कार्यक्रम छ।



सुरक्षा व्यवस्था कडा

भारतसँग सीमा जोडिएको जिल्लामा बलिउडका स्टार हिरो आउने कार्यक्रम तय भएपछि स्थानीय प्रशासनले उनको भ्रमण क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाउँदैछ। उनको सुरक्षाका लागि प्रहरीले भैरहवाको गौतम बुद्ध विमानस्थलदेखि पकडीसम्म मंगलवारदेखि नै ब्यापक प्रहरी परिचाल गरिसकेको छ।

बुधबार हुने कार्यक्रम स्थलमा मंगलार साँझदेखि बाक्लै सुरक्षाकर्मी परिचालित छन्। तोकिएका बिशेष ब्यक्ति बाहेक अन्यलाई कार्यक्रम हल भित्र प्रबेश निषेध गरिएको छ।

कपिलवस्तुका १५ प्रतिशत बढी बालबालिका कुपोषणबाट पीडित छन्।
भिडियो हेर्नुहोश >>>>
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar