Headlines News :
Home » » मूर्तिले जल पिएको हेर्न मन्दिरमा घुइँचो !

मूर्तिले जल पिएको हेर्न मन्दिरमा घुइँचो !

###
परासी: नवलपरासीको त्रिवेणीधाममा रहेको शिवलिङ्गको मूर्तिले जल पिएको भन्दै सो दृश्य हेर्न शिवालय मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । मङ्गलबार बिहान मन्दिरमा रहेको शिवलिङ्गको मूर्तिले  एकाएक जल पिएको प्रत्यक्षदर्शीको भनाइ छ । मूर्तिले जल पिएपछि अहिले त्रिवेणीधाममा हजारौँ दर्शनार्थीको घुइँचो लागेको छ ।

चम्चामा पानी राखेर मूर्तिको मुखमा छुवाउँदा शिवलिङ्गका मूर्तिले पानी खाने गरेको प्रत्यक्षदर्शीको भनाइ छ । पानी मुखमा छुवाउँदा भाँडो रित्तिने गरेको छ । मूर्तिले पानी आफसेआप मुखले तानेर खाने गरेको प्रत्यक्षदर्शीको दाबी छ ।

यसरी शिवलिङ्गका मूर्तिले जल पिएपछि वास्तवमै यो सत्य हो वा होइन भनेर हेर्न अहिले नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ दर्शनार्थीको घुइँचो लागेको हो । तर मूर्तिले जल पिएपछि आफैमा अचम्मको विषय बनेको स्थानीयवासी उपेन्द्रकुमार जोशीले बताए ।    केही वर्ष पहिले गणेशको मूर्तिले दूध पिएको भन्दै काठमाडौँका गणेश मन्दिरमा पनि यस्तै घुइँचो लागेको थियो । 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar