|
###
|
धादिङ, आश्विन २२ । धादिङको भूमेस्थान गाविस ३, अमर्खूमा घरमा सुतिरहेका आफ्नै बाबुलाई छुरा हानेर छोराले हत्या गरेको छ । घरायसी विवादमा ३३ वर्षीय छोरा धुव्र सुनारले ५० वर्षीय बाबु कृष्णबहादुर सुनारलाई छुरा हानेर घाइते बनाएपछि उपचारकै क्रममा काठमाडौँको स्टार अस्पतालमा उनको मृत्यु भएको हो ।कृष्णबहादुरलाई छुरा प्रहार गरेपछि उनकी श्रीमती विन्दा र छोरी बट्टईले आफ्नै घरमा विष सेवन गरेका थिए । विष सेवन गर्ने दुबै र घाइते कृष्णबहादुरलाई स्थानीयले उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याएका थिए ।
विष सेवन गरेका दुबैको काठमाडौको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । हत्यारा ध्रुव वहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
|
##
|

0 comments:
...