### |
सर्लाही-पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको नेत्रगंजमा छोराले चलाउँदै गरेको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ।
नेत्रगंज–६ स्थित बागवानी जंगलमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
सोमबार अबेर राती पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा२८प ४२९१ नम्वरको मोटरसाइकलबाट खसेर ढुंगेरखोला–४ की ३२ वर्षीय छोरा पुष्पराज बडालले चलाएको मोटरसाइकलबाट खसेर ५५ वर्षीय आमा इश्वरी बडालको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी बडाललाई उपचारका लागि हरिवनतर्फ लाँदै गर्दा बाटैमा मृत्यु भएको हो। पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलबाट खसेर बडालको मृत्यु भएको हो।
मोटरसाइकललाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ। राम्रोसँग नसमातेका कारण उनी मोटरसाइकलबाट खसेको आशंका गरिए पनि वास्तविक कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

## |
0 comments:
...