Headlines News :
Home » » डोटी बस दुर्घटनाः मृतकको संख्या २९ पुग्यो, ६० बढी घाइते

डोटी बस दुर्घटनाः मृतकको संख्या २९ पुग्यो, ६० बढी घाइते

###
अपडेटः
डोटी, आश्विन २१ । डोटीको छतीवन गाविस–५ मा सोमबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या बढेर २९ पुगेको छ । डोटीको जोरायलबाट धनगढीतर्फ आउँदै गरेको ना३ख ५७०७ नम्बरको बस कठपतेमा करिब अढाई सय मिटर तल खस्दा ६२ जना घाइते भएका छन् ।

घाइतेमध्ये २० जनाको अवस्था चिन्ताजनक रहेको छ । घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा पर्नेमा अधिकांश दसैंमा टीका लगाएर काममा फर्कंदै गरेकाहरु छन् । मृत्यु हुनेमा धनगढीका पत्रकार कर्णबहादुर शाहीसहित ११ महिला, १३ पुरुष र ५ बालबालिका रहेका छन् । मृत्यु हुने २९ जनाकै सनाखत भएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरुमा डोटी सरस्वतीनगरका दानबहादुर साउद, सकुन्तला मल्ल, हरि कठायत, टेकराज भट्ट, पशुपति भट्ट, राजेन्द्र शाही, रोहित बोहरा, रेवन्त दिपु कठायत, पद्मा जोशी, भागरथी ओझा, कृष्णराज भण्डारी, हरिना ओझा, भुमिराज भण्डारी, जानकी भट्ट, चक्रबहादुर विक, शान्ति मल्ल र बसन्ती ओझा रहेका छन् ।

त्यस्तै, लक्ष्मीनगरका टेकेन्द्र गिरी, इन्द्रा गिरी र शान्ति देवी कप्ड्याल छन् । त्यस्तै, डडेल्धुरा ४ का लक्ष्मण ठकुराठी र सन्धा ठकुराठी छन् ।

मृत्यु हुनेमा कैलाली धुवा ४ का भागरथी बडुवाल र जिनिशा बडुबाल छन् । डोटी बछन–१ का लक्ष्मी कलेल र डडेल्धुरा आलितालका पीपिसा बोहरा छन् ।

त्यस्तै, कैलालीको तेघरीमा कार्यरत नेपाली सेनाका जवान नवराज भट्ट र कैलालीको उदासीपुरका मुकेश सार्कीको उपचारको क्रममा अत्तरियास्थित सेवा नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँघुरो सडकमा क्षमताभन्दा बढी यात्रु चढाउँदा बस अनियन्त्रित भइ दुर्घटना भएको स्थानीयबासिन्दाले जनाएका छन् ।

दुर्घटनामा बस चालक र मालिक दुबै घाइते भएका छन् ।





भिडियो हेर्नुहोश >>>>>


##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar