Headlines News :
Home » » मधुमेहका लक्षणहरु :

मधुमेहका लक्षणहरु :

###
मधुमेहका लक्षणहरु :
डॉ. हेमराज कोइराला
जनहितको लागी सक्दो शेयर गरौ।

मधुमेह, डाइविटिज, चिनी रोग जस्ता अनेकौं नामले परिचित यो रोगको मुख्य लक्षण भन्नुनै रगतमा ग्लुकोजको मात्रा बढ्नु हो । आठ दश घण्टाको उपवास पश्चात लिइएको रगतमा यदि ग्लुकोजको मात्रा १२६ मि.ग्रा. प्रति डेसी लिटर (१०० मि.ली. लिटरमा मा १२६ मि.ग्रा) भन्दा ज्यादा पाइएमा त्यस्ता व्यक्तिलाई मधुमेह रोग लागेको मानिन्छ । तर प्रयोग शाला परिक्षण बाहेक रगत र पिसाव जाच नगरे पनि यदि निम्न लक्षणहरु देखिएको खण्डमा मधुमेह लागेको हुन सक्छ । मधुमेहका बिरामीलाई मृगौला, मुटु, आँखा, पिसाबमा संक्रमण, छाला एवं दिमागी समस्या देखिन सक्छ । तसर्थ मधुमेह आफैंमा रोग पनि हो साथै अन्य रोगका कारण पनि । रगतमा चिनीको मात्रा साधारणभन्दा बढी भएमा रगत बग्ने धमनी र सिराको बनावटमा परिवर्तन आउँछ र धमनी साँघुरो हुने तथा तन्तुमा रगतको प्रवाह कम हुन्छ । जसले गर्दा हृदयाघात, मस्तिष्कघात, मृगौलाले काम नगर्ने, आँखाको पर्दामा हानि हुने तथा अन्धोपना हुन सक्छ । यसबाहेक शरीरका विभिन्न अंगमा अक्सिजन कम हुन गई शरीरका अंगमा घाउ भई काम नलाग्ने हुन सक्छ । मधुमेह भएको धेरै लक्षण रोगी स्वयंलाइ अनुभव हुन्छन्। यिनीहरूमा बारम्बार पिशाब लागिरहने (रातको समयमा पनि), छाला चिलाउने ,धमिलो देखिने थकाई र कमजोरी महसूस हुने, खुट्टाहरू लुलो हुने, प्यास धेरै लागने, काटेको घाउ चाडै निको नहुने ।


संधै भोक् महसूस गर्नु, वजन कम हुनु र छालामा सङ्क्रमण हुनु आदि प्रमुख छन्। उपर्युक्त लक्षणहरू संग यदि छालाको रङ्ग,अनुहार् या मोटाईमा परिवर्तन द॓खिये, कुनै चोट वा घाउ ठीक हुन सामान्य भन्दा धेरै समय लागे, कीटाणु संक्रमणको प्रारम्भिक चिह्न जस्तै कि रातोपन्, सुनिंनु, फोका वा, योनि वा चाक, स्तनहरूतल तथा औंलाहरूको बीच चिलायो भने, जसबाट फन्गश् संक्रमणको सम्भावनाको संकेत भेटिन्छ या कुनै निको नहुने घाउ भये रोगीले चिकित्सक सित शीघ्र संपर्क गर्नुपर्छ । यदि उपरोक्त लक्षण देखिएका छन् भने चिकित्सकीय परामर्श जरुरी हुन्छ र चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ । यदि लक्षणहरू छैनन् तर रोग लाग्न सक्ने सम्भावना भने धेरै छ -जस्तो, बा, आमा, मावलीमा मधुमेहका बिरामी छन् वा आफैंमा मोटो शरीर छ वा मद्यपानको नशा छ आदि) भने त्यस्ता व्यक्तिले खाली पेटमा र खाना खाएको दुई घन्टापछि रगतमा चिनीको मापन गर्ने तथा पिसाबमा चिनी छ कि छैन भनी पिसाब जाँच गर्नुपर्छ । उच्च रक्तचाप या दीर्घरोग भएका व्यक्तिले कम्तीमा वर्षको दुईपटक रगतमा चिनीको मात्रा हेर्नु अनिवार्य हुन्छ ।लक्षणहरुका बेलैमा निक्यौल गर्न सके मधुमेहको बेलैमा निदान भई यसले निम्त्याउने सम्भावित खतराहरुवाट मुक्त भई स्तरिय जिवन जिउन सकिन्छ । तसर्थ यदि तपाईलाई निम्न लिखित लक्षण भए चाडै नजिकको स्वास्थ्य संस्थामा गई रोगको पहिचान गरि खतरा मुक्त हुनुहोस ।

लक्षणहरु ः
धेरै भोक लाग्नु
धेरै तिर्खा लाग्नु
धेरै थकाई लाग्नु
मानसिक जडता
बिना कुनै कारण हल्का रिस उठ्ने,
पेटको गोलाई बड्नु।
डर लाग्ने,
नैराश्यताको अनुभव भइ राख्ने।
कमजोरी महसुस हुनु ।
खुट्टाहरु लुलो हनु ।
योनी चाक र औलाको काप र स्तनमुनी चिलाउनु ।
दाद फोका फोकी आउनु ।
घाउ खटिरा आउनु ।
तौल घट्नु ।
छालाको रंग परिवर्तन हनु ।
दृष्टि धमिलीनु
स्वासमा एसिटोनको गन्ध आउनु
कुशुमल श्वासन
दम बढ्नु
वाक वाकी लाग्नु
बमन हुनु
पेट दुख्नु
प्रतिरक्षा कमजोर हुनु
घाउ चाडै निको नहुनु
घेरै पिसाव लाग्नु
पिसावमा कमिला लाग्नु
पिसावमा ग्लुकोज देखापर्नु
गुप्तांङ्ग चिलाउनु

रोग बढ्दै गएमा हृदयघात, मष्तिष्कघात, मृगौलाघात , दृष्टिघात जस्ता भयावही घटनाहरू पनि घटन सक्छ।यसका अलावा खुट्टामा घाउ हुने (डायबिटीस अल्सर ), कांधको जोर्नी जामहुने (फ्रोजन शोल्डर ), नसा नाडी सुक्ने, छालाको सम्वेदना शक्ति घट्ने (डायबिटीज न्यूरोपथी) का समस्या पानी देखा पर्छ र रोगको उचित हेरचाहा हुन नसके व्यक्तिको मृत्यु हुन्छ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar