Headlines News :
Home » » सार्क सम्मेलनमा १३ जनाले मात्र स्वागत पाउने

सार्क सम्मेलनमा १३ जनाले मात्र स्वागत पाउने

###
१६ कात्तिक, काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औं शिखर सम्मेलनमा सहभागी हुने सदस्य मुलुकका राष्ट्र÷सरकार प्रमुखसहित १३ जनालाई मात्र सरकारी खर्चमा आतिथेय प्रदान गरिने भएको छ ।  

सरकारी निर्णयअनुसार नेपाल सरकारले ९१ जनाको सम्पूर्ण खर्च बहन गर्नुपर्नेछ, जसमा आवास, भोजन, यातायात, सञ्चारलगायत प्रबन्ध गर्नुपर्नेछ । सातवटै देशका राष्ट्र÷सरकार प्रमुख र उनीहरूका पत्नीलाई पाँचतारे सोल्टी होटेलका विशेष कक्षमा आवासको व्यवस्था गरिएको छ । ‘प्रत्येक मुलुकबाट आउने राष्ट्र÷सरकार प्रमुखसहित १३ जनालाई नेपाल सरकारले आतिथ्य उपलब्ध गराउने निर्णयका साथ तयारी अघि बढाइएको छ,’– सम्मेलनका विविध पक्षबारे राससको जिज्ञासामा परराष्ट्र मन्त्रालयका कायमुकायम सचिव शङ्करदास वैरागीले बताए ।

सम्मेलनमा भागलिन आउने केही राष्ट्र÷सरकार प्रमुखले राजधानी बाहेकका अन्य स्थानको भ्रमण गर्ने सम्भावना रहेको र केही देशबाट परराष्ट्रमन्त्रीबाहेक अन्य मन्त्रीहरूसमेत प्रतिनिधिमण्डलमा सामेल भई नेपाल आउने अनौपचारिक जानकारी प्राप्त भएको उनले बताए । यद्यपि उनले राष्ट्र÷सरकार प्रमुखले भ्रमण गर्ने स्थल र सहभागी हुने अन्य मन्त्रीहरूको विवरण उपलब्ध गराएनन् । ।

सचिव वैरागीका अनुसार सम्मेलनमा अफगानिस्तान, भुटान र माल्दिभ्सबाट १५ देखि २० जनाको प्रतिनिधिमण्डल आउने प्रायः निश्चित भइसकेको छ भने भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट ५० देखि ७० जनासम्मको टोली शिखर सम्मेलनमा सहभागी हुनेछ । उनले भन्नुभयो–‘‘सदस्य मुलुकबाट सम्मेलनमा सामेल हुने प्रतिनिधिमण्डलको टुङ्गो दुई–तीन दिनभित्रमा लाग्नेछ ।’’ रासस 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar