|
###
|
काठमाडौं, असोज २१ - भारतीय चलचित्र उद्योगका चर्चित अभिनता अमिर खान नेपाल भ्रमणमा आएका छन् ।उनी आफ्ना ६ जना सुरक्षागार्डसहित मंगलबार दिउँसो जेट एयरवेजको विमानबाट काठमाडौं आएका हुन् ।
बत्तिसपुतलीस्थित होटल द्वारीकाजमा बसेका उनी बुधबार लुम्बिनी जाने र बिहीबार भारत फर्कने कार्यक्रम छ । युनिसेफका सदभावना दुत खान युनिसेफकै कार्यक्रमका लागि नेपाल आएको अनुमान गरिएको छ । युनिसेफले यसअघि अमेरिकी गायिका तथा अभिनेत्री सेलेना गोमेजलाई पनि नेपाल भित्र्याएको थियो ।
|
##
|

0 comments:
...