### |
काठमाडौं, कार्तिक १७ । विगत केही दिन यता आगामी डिसेम्बर १६ देखि २२ सम्म पृथ्वीमा अन्धकार छाउने हल्ला ब्यापक भएको छ । सौर्य आँधी चल्ने र त्यसले पृथ्वीलाई अन्धकार बनाउने हल्ला सामाजिक सञ्जालहरुमा ब्यापक भएको छ भने त्यसले सर्वसाधारणमा अन्योल र त्रास उत्पन्न गरेको छ ।
संसदको आजको वैठकमा समेत माओवादी सभासद् जनकराज जोशीले उक्त समयका लागि सरकारले के तयारी गरेको छ ? भन्दै सरकारको ध्यानाकर्षण समेत गराए । तर अमेरिकी अन्तरीक्ष संस्था नासाले पृथ्वीमा अन्धकार छाउने कुनै संभावना नरहेको स्पष्ट पारेको छ ।
नासाले सौर्य आँधी सामान्य प्रक्रिया भएको भन्दै त्यस्तो आँधीले पृथ्वीमा कुनै असर समेत नगर्ने पनि स्पष्ट पारेको छ । ठाउँ ठेगान केही पनि नखुल्ने हजलर्स डट कम नामक वेबसाइटले डिसेम्बर १६ देखि २२ सम्म पृथ्वीमा अन्धकार छाउने भन्दै सनसनीपूर्ण समाचार दिएपछि यो हल्ला फिंजिएको हो ।
उक्त वेबसाइटले नासाका प्रमूख चाल्र्स बोल्डेनलाई समेत उद्धृत गरेको थियो । तर बेलायती दैनिक द इन्डिपेन्डेन्टले नासाका प्रमुखलाई उद्धृत गर्दै उक्त समयमा सौर्य आँधी चल्ने वा त्यसबाट पृथ्वीमा अन्धकार छाउने कुनै संभावना नरहेको समाचार समेत दिएको छ ।
द इन्डिपेन्डेन्टले गत अक्टुबर २८ तारिखमा विस्तृत समाचार दिंदै हजलर्स डक कम नामक वेबसाइटको कामै सनसनी पैmलाउने भएको समेत उल्लेख गरेको छ ।

## |
0 comments:
...