Headlines News :
Home » » ठूलो एकादशी मनाइदैं, आजबाट विवाह गर्न खुल्ला

ठूलो एकादशी मनाइदैं, आजबाट विवाह गर्न खुल्ला

###
काठमाडौं, कार्तिक १७ । आज हरिबोधिनी एकादशी, भगवान विष्णुको आराधना गरी मनाईंदैछ । असार शुक्ल एकादशीका दिन जलमा शयन भएका विष्णु अर्थात नारायण कात्तिक शुक्ल एकादशीका दिन जलबाट उठ्ने पुराणमा उल्लेख छ ।
नारायण शयन गर्नुभएको दिनलाई हरिशयनी र उठ्नुभएको दिनलाई हरिबोधिनी एकादशी भनिन्छ । आजको एकादशीलाई ठूलो एकादशीका रुपमा हिन्दूहरुले मनाउने गर्छन् । काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, इचंगुनारायण, विशंखुनारायण, शेष नारायण र चाँगु नारायणमा विशेष मेला लागिरहेको छ ।
ज्योतिष डा. सुनिल सिटौलाका अनुसार ठूलो एकादशीको दिन गृहिणीले घर आँगनमा रोपिएको तुलसीको विवाव गर्दछन त्यसैले आजको दिनलाई तुलसीको विवाह भन्ने प्रचलन पनि रहेको छ ।
तुलसीको विवाह गरी ब्रतालुले फलारका रुपमा पिंडालु र सक्खरखण्ड खाने गर्दछन् । तुलसीको विवाह गरेपछी जन सर्वसाधारणको विवाह खुल्ने पनि ज्योतिष डा.सिटौलाले जानकारी दिए । उनले भने–‘महिना कार्तिक भए पनि विवाह गर्न पाइन्छ ।’
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar